८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

गुटका व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति विपरीत निर्णय गर्नु आपत्तिजनक : भीम रावल



काठमाडौं ।
नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले पार्टीको दशौँ महाधिवेशनमा विधि, पद्धति र निर्णय विपरीत काम भएको भन्दै आपत्ति जनाउनुभएको छ । नेता रावलले केहीबेरअघि समाजिक सञ्जालमा महाधिवेशनलाई लिएर आपत्ति जनाउनुभएको हो ।

उहाँले महाधिवेशनको चुनावसम्बन्धी प्रक्रिया पूरा नगरिकन केही व्यक्तिले अन्यत्र बसेर पार्टी विधि, पद्धति र निर्णय विपरीत काम भएको भन्दै आपत्ति जनाउनुभएको हो ।

पूर्वनिर्धारित कार्यतालिकाअनुसार हिजो शनिवार बेलुका नै उम्मेदवारको मनोनयन र अन्तिम नामावली प्रकाशन भइसक्नुपर्ने थियो । तर यसमा ढिलाइ भएपछि नेता रावलले आपत्ति जनाउनुभएको हो ।

उहाँले ट्विटरमा लेख्नुभएको छ, एमालेको महाधिवेशन मङ्सिर १० देखि १२ गते सम्पन्न गर्ने र ११ गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरि केही व्यक्तिले अन्यत्र बसेर विधि, पद्धति र निर्णय विपरीत गर्नु आपत्तिजनक र पार्टी हितको विरुद्धमा छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  ६ : १८ बजे