८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

विद्युत जडान गर्ने क्रममा बुटवलमा एक जनाको मृत्यु



बुटवल ।

बुटवल उपमहानगरपालिकाको नयाँ बनेको प्रशासकीय भवनमा विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
नेपाल विद्युत प्राधिकरणका कर्मचारी अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १२ घर भई बुटवल गोलपार्क बस्दै आएका ४७ वर्षीय बसन्त भुसालको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । थ्री फेज विद्युत जडान गर्ने क्रममा भएको घटनामा बुटवल उपमहानगरपालिका–४ का २८ वर्षीय जितेन्द्र लोध र बर्दियाको राजापुर घर भई बुटवल–३ बस्दै आएका २८ वर्षीय राजगोपाल चौधरी घाइते भएका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक पंकज चुंदालीले जानकारी दिए । घाइतेहरुको अवस्था सामान्य रहेको उनले बताए ।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  ५ : ०६ बजे