८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

सिएण्डसिमा तीन दिने निशुल्क शिविरको आयोजना



मायादेवी अनलाइन, वाणगंगा ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तु र लेप्रोसि मिसन टु नेपालको संयुक्त आयोजनामा कुष्ठरोगका बिरामीहरुका लागि ३ दिने निशुल्क शिविर संचालन हुने भएको छ । यही मंसिर १३ गते देखि मंसिर १५ गतेसम्म बाणगंगा नगरपालिका वडा नं.१ स्थित सि एण्ड सि अस्पतालमा निशुल्क शिविर संचालन गरिने आयोजकले जानकारी दिएको छ ।

कुष्ठरोगका कारण हात खुट्टामा समस्या भएका बिरामीहरुको निशुल्क अप्रेशन हुने भएको हुँदा कुष्ठरोगीका बिरामीहरुले सेवा लिई रोगबाट सुरक्षित हुन सि एण्ड सि अस्पतालका डाईरेक्टर गोपाल घिमिरेले आग्रह गरेका छन् । उक्त रोगको निशुल्क जाँच र अप्रेशनका लागि काठमाडौं देखि बिशेषज्ञ डक्टरको टोलीद्धारा उपचार गरिने सि एण्ड सि अस्पतालले जानकारी दिएको छ ।

अप्रेशन पश्चात बिरामीहरुलाई खान बस्नको समेत अस्पतालले निशुल्क ब्यबस्था गर्ने भएको हुँदा यस कपिलबस्तु जिल्लाका बिरामीहरुले तिन दिनसम्म संचालन हुने शिविरबाट लभ लिनबाट कोही बञ्चित नहुन अनुरोध गरेका छन् ।

यस सि एण्ड सि अस्पतालले बिगतका लिनहरुमा जिल्लाका बिभिन्न स्थानहरुमा र छिमेकी जिल्लाहरु रुपन्देही र अर्घाखाँची लगाएतका जिल्लाहरुमा बिशेषज्ञ सहितको टोलि पुगेर निशुल्क सेवा संचालन गर्दै आएको छ । साथै साताको प्रत्येक मंगलबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म निशुल्क सुगर जाँच सेवा दिंदै आएको सि एण्ड सि अस्पतालको प्रशासन शाखाका कृष्ण पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७८ आइतबार ००:००  १२ : ३३ बजे