मायादेवी अनलाइन, तौलिहवा ।
कांग्रेस कपिलवस्तुको जिल्ला सभापतिमा राजेश आचार्य र अब्दुल कलाम खाँले उम्मेद्वारी दिएका छन । आचार्य संस्थापन पक्ष र खाँ पौडेल पक्षको तर्फबाट उम्मेद्वार भएका हुन् ।
दुबैले शनिवार दिउँसो मनोनयन पत्र दर्ता गरेका हुन् । यस अघि पौडेल पक्षका सुधाकर पाण्डेय पछि हट्दै आचार्यलाई सभापतिमा समर्थन गरेका छन् ।
आचार्य र कमालले आ-आफ्नो प्यानल खडा गरेर चुनावमा होमिएका छन् । आचार्यलाई संस्थापन पक्षका नेताहरु अभिषेक प्रताप शाह, बिरेन्द्र कनौडिया, दीर्घ नारायण पाण्डेय, दीप कुमार उपाध्याय सहीत सुधाकर पाण्डेयले साथ दिएका छन् ।
उता खाँलाई बर्तमान पार्टी सभापति सुरेन्द्रराज आचार्य, पार्टीका केन्द्रिय सदस्य अतहर कमाल मुसलमान, बैकल्पिक केन्द्रिय सदस्य राजेश सिंहको साथ छ ।
आचार्यको प्यानलमा उप-सभापतिमा राम आशिष पाण्डेय, पदम खनाल, सचिवहरुमा सर्जु थारु र माधव पराजुली र सह-सचिवमा मोहोम्मद वजी अर्सद र राम चरित्र मौर्या रहेका छन् ।
यस्तै खाँको प्यानलमा उप-सभापतिमा हुुमकान्त खनाल र रजत आचार्य, सचिवमा शक्ति सिंह ठकुरी र प्रेम रायमाझी तथा सह-सचिवमा बिन बहादुर बन्जाडे र बिरेन्द्र शुक्ला रहेका छन् ।
२ वटा उप–सभापतिका लागि ५ जना, २ वटा सचिवका लागि ४ जना र २ सह–सचिवका लागि ५ जनाको उम्मेद्वारी परेको छ ।
५२ सदस्यीय कार्य समितिको लागि आइतवार तौलिहवास्थित बुद्ध पद्म माविको खेल मैदानमा मतदान हुने केन्द्रिय प्रतिनिधि घनश्याम पन्तले बताए । जिल्लामा कुल १ हजार ८१६ मतदाता छन् ।
प्रतिक्रिया