८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

मिठाइको साटो दाजुभाइलाई ‘ड्राइफ्रुट्स्स दिन विज्ञको सुझाव



काठमाडौं ।
भाइटीका लगाउँदा दिदीबहिनीले दाजुभाइलाई विभिन्न प्रकारका ड्राइफ्रुट्स् दिने चलन छ । काजु, बदाम, पेस्ता, किसमिस, ओखर, अन्जिर, छोकडा मधेसी बदाम लगायतका ड्राइफ्रुट्स् भाइ मसलाको रुपमा दिने चलन छ ।

यी ड्राइफ्रुट्सबाट पर्याप्त मात्रा पोषण तत्व प्राप्त गर्न सकिन्छ । सन्तुलित तवरले ड्राइफ्रुट्स्लाई मिलाएर खाएमा स्वास्थ्यलाई धेरै फाइदा गर्छ । तिहारमा मात्रै ड्राइफ्रुट्सलाई प्राथमिकता नदिएर अरुबेला पनि खान उपयुक्त हुने पोषणविद् प्रा.डा. उमा कोइरालाको भनाइ छ ।

शरीरलाई स्वास्थ्य र तन्दुरुस्त बनाउन नियमित रुपमा सन्तुलन मिलाएर खानुपर्ने उनको भनाइ छ । यी ड्राइफ्रुट्सबाट शरीरलाई चाहिने खनिज, भिटामिन, आइरन, कपर, पोटासियम, फस्फोरस, जिंक, एन्टिअक्सिडेन्ड आदि तत्व प्राप्त गर्न सकिने भएकाले सलादको रुपमा समेत खान उनी सुझाव दिन्छिन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७८ शुक्रबार ००:००  ७ : ५४ बजे