मायादेवी अनलाइन, वाणगंगा ।
हरेक बर्ष मनाइने धन्वन्तरी जयन्ती कपिलवस्तुको भलवाडमा पनि मनाइएको छ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा मंगलबार देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइएको छ ।
जिल्लाको भलवाडस्थित कपिलधाममा “आयुर्बेद बिकासको आधार, जनशक्ति बिकास र पूर्वाधार” भन्ने मुल नाराका साथ दिवसको अवसरमा आयुर्वेद औषधी व्यवसायी संघ जिल्ला शाखाले जयन्ती मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि योग प्रवद्र्धक योगगुरु आत्माराम आचार्यले योग आयुर्वेद तथा प्राकृतिक चिकित्साको संयोजनबाट रोगको उपचार गरेमा धेरै रोग स्वतः निको हुने दाबी गर्नुभयो । आयुर्वेद औषधीको प्रयोगले मानिसको शरिरमा फाइदा पुग्ने भन्दै धन्वन्तरी जयन्तीको महत्वबारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा नेपाल औषधी ब्यावसायी संघका बेदुराम पोख्रेल, मेलान जिल्ला अध्यक्ष गोपाल खनाल, कपिलधाम आरोग्य मन्दिरका अध्यक्ष शंकरप्रसाद आचार्य, योगगुरुद्धय टोपनारायण भण्डारी र बिष्णुप्रसाद भण्डारीले लगायतले बोल्दै आयुर्वेद औषधीले पारेको प्रभावकारीताका बिषयमा आ–आफ्ना बुझाईबारे प्रष्ट पार्नुभएको थियो ।
नेपाल आयुर्वेद औषधि संघ कपिलवस्तुका अध्यक्ष गोपाल वन्जाडेको अध्यक्षता र संघका जिल्ला सचिव दिपक पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संघमा आवद्ध औषधि व्यवसायीहरुको सहभागितामा रहेको थियो ।
प्रतिक्रिया