८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

खेलाडी लोकेन्द्र भण्डारीलाई सहयोग गर्न नेपाल भलिबल संघको अपिल



काठमाडौं । नेपाल भलिबल संघले भलिबल खेलाडी लोकेन्द्र भण्डारीलाई सहयोगको अपिल गरेको छ ।भण्डारीकी श्रीमती शोभा बिगत लामो समयदेखि गम्भिर बिरामी भएर नवजात शिशु सहित मेडिसिटी हस्पिटलमा अपचाररत रहेको उल्लेख गर्दै संघले खर्च ब्यवस्थापनमा निकै कठिन भएकाले सहयोगको अपिल गरेको हो ।

पूर्व राष्ट्रिय खेलाडी लोकन्द्रकी श्रीमती शोभा विगत लामो समयदेखि काठमाडौंको मेडिसिटी हस्पिटलमा उपचाररत रहेकी छिन् । सुरुवातमा कोभिड संक्रमित भई हस्पिटलमा भर्ना भएकी शोभाको अवस्था जटिल बनेपछि गर्भबाट ७ महिनामा नवजात शिशु निकालिएको थियो ।

त्यसपछि निमोनिया लगायत विभिन्न संक्रमणले जटिल अवस्थामा रहेका आमा–बच्चालाई भेन्डिलेटमा राखेर लामो समय उपाचार गरिएको छ ।

बिरामीको उपचारमा दैनिक लाख बढी रुपैयाँ खर्च रहेकाले ब्यवस्थापनमा निकै कठिनाई भैरहेको उल्लेख गर्दै भलिबल संघले सार्वजनीक रुपमा सहयोगको अपिल गरेको छ ।

उपाध्यक्ष निरोज मास्केले एक बिज्ञप्ति जारी गर्दै संघ सम्बद्ध परिवार, पदाधिकारी, सदस्य, भलिबलका शुभचिन्तक, सुभेच्छुक तथा सम्पुर्ण खेलप्रेमीमा सक्दो सहयोगको अनुरोध गरेकी छिन् ।

उनले खेल सम्बद्ध विभिन्न व्यक्ति र संघ संस्थाबाट सहयोगको पहल गरिने जानकारी दिइन् ।लोकेन्द्रलाई उपाध्यक्ष मास्केले ३० हजार रुपैयाँ व्यक्तिगत रुपमा सहयोग गरेकी छिन् भने नेपाल भलिबल संघ केन्द्रिय समितिले २० हजार रुपैयाँ दिने निर्णय गरेको छ ।

गत शुक्रबार मात्र राखेप बोर्ड सदस्य तथा नेपाल खेलकुद महासंघका प्रथम उपाध्यक्ष गोबिन्द भट्टराई, संघकी उपाध्यक्ष मास्के, सचिव मानवीर छन्त्याल सहितको टोली हस्पिटलमा पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको थियो ।

सो क्रममा भलिबल खेलाडी लोकेन्द्रले ठुलो रकम उपचारमा खर्च भएको उल्लेख गर्दै खर्च ब्यवस्थापनमा समस्या रहेको बताएका थिए ।

राखेप बोर्ड सदस्य भट्टराईले सहयोगका लागि विभिन्न क्षेत्रबाट पहल गरिने बताएका थिए ।मोफसलको चर्चित भलिबल क्लब मणिमुकुन्द सेन भलिबल क्लबका अध्यक्ष समेत रहेका लोकेन्द्र घरेलु भलिबलमा परिचित नाम हो । उनी खेलाडी र खेल व्यवस्थापकको रुपमा भलिबल क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७८ शुक्रबार ००:००  ६ : १८ बजे