८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

राष्ट्रिय जनमोर्चा निकट युवक संघका केन्द्रीय उपाध्यक्ष रोका एकीकृत समाजवादीमा प्रवेश



प्युठान ।
अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्दराज रोका नेकपा (एकीकृत समाजवादी) मा प्रबेश गरेका छन् । प्युठान नगरपालिका ४ जुम्री निबासी ३९ बर्षीया रोकाले आफुले राष्ट्रिय जनमोर्चा पार्टी परित्याग गरेको बताउनुभएको हो ।

लामो समय देखि सक्रिय राजनिति गर्दै आउनुभएका रोका राजमो प्युठानका प्रभावशाली युवा नेता थिए । रोकाले नेकपा ‘एस’ रोजेसंगै राजमो प्युठानलार्इ धक्का पुगेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८ बिहिबार ००:००  ८ : २२ बजे