काठमाडौं ।
सरकारले भारत, अमेरिका र बेलायतमा राजदूत सिफारिस गरेको छ । भारतमा डा शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्य राजदूत सिफारिस भएको एक मन्त्रीले जानकारी दिए ।
शर्मा यसअघि नेपालका लागि अमेरिकी राजदूत थिए भने खत्री परराष्ट्र मामिलाका विज्ञ हुन् । त्यस्तै आचार्य यसअघि संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि थिए ।
प्रतिक्रिया