८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

शिवराज नगरपालिकाको वडा नं. ४ मा नेकपा (एस)को वडा भेला, अध्यक्षमा इतराज मुसलमान



मायादेवी अनलाइन, चन्द्रौटा ।
नेकपा (एकीकृत समाजवादी) शिवराज नगर कमिटी संगठन विस्तारको अभियानमा जुटेको छ । आइतबार नगरको वडा नं. ४ मा भएको भेलाले इतराज आलम मुसलमानको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन गरेको छ ।

जसको उपाध्यक्षमा अबवारुण निशा, सचिवमा रामकुमार चौहान, उप सचिव इन्तियास अहमद मुसलमान र अन्य सदस्यहरुमा रहनुभएको शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेलले जानकारी दिनुभयो ।

भेलालाई सम्बोधन गर्दै प्रदेश कमिटी सदस्य अव्दुल अहमद रउफले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गफ र उनको प्रवृत्ति विरुद्ध नलडि समाजको रुपान्तरण नहुने भएपछि आफुहरुले पार्टीलाई पुर्नगठन गरेको बताउनुभयो । देशमा विद्यमान गरिबी, बेरोजगारी अन्त्यका लागि संघर्षको जरुरी रहेको भन्दै अब समाजवादी आन्दोलनमा लाग्नुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुको विकल्प नरहेको बताउनुभयो ।

नेकपा (एस)का जिल्ला अध्यक्ष लंक बहादुर हमालले कम्युनिष्ट पार्टीको आर्दश, सिद्धान्त विपरित ओली र उनको पार्टी हिडेपछि बाध्य भएर आफुहरुले पार्टीले पुर्नगठन गरेको बताउनुभयो । जिल्लामा नेकपा (एस)को बलियो उपस्थिति हुन थालेको भन्दै जनताको माग सम्बोधन गर्न आफुहरु हरदम प्रयासमा लाग्ने बताउनुभयो ।

कार्यक्रममा पार्टी जिल्ला उप सचिव ओम प्रकाश चौधरी, शिवराज नगर कमिटी अध्यक्ष सरोज पौडेल, जिल्ला कमिटी सदस्य एमडी हसन, अर्जुन बेल्बासे, विष्णु पाण्डेय, प्रकाश पाण्डेय लगाएको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०७८ आइतबार ००:००  ८ : २८ बजे