८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिच आयातमा रोक



काठमाडौं ।

सरकारले केराउ, सुपारी, नधुल्याएको मरिच र छोकडाको आयातमा रोक लगाएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुरोध गरेको जनाउँदै राष्ट्र बैंकले यस आर्थिक वर्षका लागि ती ४ बस्तुको आयातमा कोटा निर्धारण र इजाजत प्रदान नभएकाले आयात गर्नका लागि कुनै पनि प्रक्रिया अघि नबढाउन निर्देशन दिएको हो।

यसअघि केराउ, सुपारी, छोकडा र नधुल्याएको मरिचको आयातमा सरकारले परिणात्मक बन्देज लगाउँदै निश्चित कोटा छुट्याएको थियो। तर यस आर्थिक वर्षमा आयातका लागि अहिलेसम्म कोटा निर्धारण भइसकेको छैन भने इजाजत समेत प्रदान नभएको राष्ट्र बैंकले जनाएको छ।

इजाजत प्रदान नभएकाले ती बस्तुको आयातका लागि बैंकिङ तथा भुक्तानी सम्वन्धी प्रक्रिया अघि नबढाउन राष्ट्र बैंकले सूचना जारी गरेको छ।

तर आर्थिक वर्ष २०७७-७८ को लागि ती बस्तुको आयातमा कोटा पाएका आयातकर्ताले २०७८ असार मसान्तभित्र जहाज ढुवानी गराइसकेका र एलसीरडिएपीरडिएएरडिडीरटिटी खोलिसकेका बस्तुहरु हकमा भने यस आर्थिक वर्ष पनि भन्सार जाँचपास हुने छ।

अर्थात असार मसान्तसम्म जहाज ढुवानी भइसकेका र एलसी खोलिसकेको अवस्थामा ती बस्तु नेपाल ल्याउन पाइनेछ।
राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागका निर्देशक बासु भट्टराईले अहिलेसम्म आयातका लागि सरकारले ती चार बस्तुको कोटा नछुट्याइएकाले नयाँ प्रक्रिया अघि नबढाउन भनिएको जानकारी दिए।

सेतोपाटीसँग कुराकानी गर्दै भट्टराईले भने ‘कोटा छुट्याउने, नछुट्याउने, कति छुट्याउने भन्ने विषयमा सरकारले निर्णय गर्नुपर्छ, यस आर्थिक वर्ष सरकारले कोटा छुट्याइसकेको छैन, त्यसकारण नयाँ आयातका लागि एलसी खोल्न वा सामान मगाउन पाइएन।’

उच्च आयातका कारण विदेशी मुद्रा सञ्चिति घटेपछि आयात नियन्त्रणका लागि यतिबेला उपायहरुको खोजी भइरहेको छ। मुलुकमा आयात उच्च दरले बढ्दा विदेशी मुद्राको सञ्चिति एक महिनामै ४५ अर्ब २१ करोड रुपैयाँले घटेको छ।
लअभिि ष्ल

नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेकोमा साउनमै ३।२ प्रतिशतले कमी आइ १३ खर्ब ५३ अर्ब ८२ करोडमा खुम्चिएको छ।

प्रकाशित मिति : १७ आश्विन २०७८ आइतबार ००:००  ६ : २८ बजे