८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

एमाले निकट राष्ट्रिय युवा संघ वाणगंगाद्धारा वडा कमिटी गठनमा तिव्रता, कहाँ कस्को नेतृत्व ?



हरि आचार्य, वाणगंगा ।
नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघको नगर अधिवेशन पश्चात वाणगंगा नगरपालिकामा संगठन विस्तार तिव्र रुपमा अघि बढेको छ ।

केही समयअघि नगरले नयाँ नेतृत्व चयन गरेसंगै राष्ट्रिय युवा संघ नेपाल संगठन विस्तारमा जुटेको हो । वाणगंगा नगर कमिटी अध्यक्ष कमल क्षेत्रीको नेतृत्वको नयाँ टिम आएसंगै वडा कमिटी विस्तार तिव्र रुपमा भइरहेको छ ।

हालसम्म नगरका वडा नम्बर १, २, ३, ४, ६, ७, ८, ९ मा युवा भेला गरी वडा अधिवेशन सम्पन्न भएका छन् । सोही क्रममा वडा नंं. ५ मा पनि लोक बहादुर थापाको अध्यक्षतामा ६ जना पछि मनोनित गर्ने गरि ३५ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल वडा कमिटि गठन गरिएको छ ।
जसको उपाध्यक्षमा कृष्ण बहादुर चौधरी थारु, सचिवमा सुमन कार्की, कोषाध्यक्षमा शोभा पौडेल, सह सचिवमा मनोज पोख्रल सर्वसम्मत चयन भएका छन् भने अन्य सदस्यमा रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका नगर कमिटी अध्यक्ष युवराज पोख्रेलले जनताको सुख दुखको पार्टी एमाले भएकाले जस्तोसुकै अवस्थामा पनि जनताको साथमा रहनुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोख्रेलले एमाले नेतृत्वको सरकारले गरेका उदाहरणीय कामको बारेमा जनतालाई सुसुचित गराउनमा युवा संघको भूमिका महत्वपुर्ण हुने बताए । उनले पार्टीको विधान, निति नियममा रहेर समाज निर्माणमा लाग्न सम्पूर्ण युवाहरुलाई आग्रह गरे ।
पार्टीका नेता वडाध्यक्ष भिष्मराज भुसालले एमाले नेतृत्वमा आएसंगै वडामा २० औँ बर्षमा हुन नसकेका काम ३ बर्षमा सम्पन्न भएको दावी गरे ।

कार्यक्रमका विशिष्ट अतिथि भुसालले वडामा भएका भौतिक विकास निर्माण, शिक्षा, सिंचाई लगायतका वडामा भएका विकासको बारेमा जानकारी गराउदै फेरी पनि एमालेको नेतृत्वमा मात्रै देशको विकास हुने बताए । युवा संघ वडा कमिटिसंग समन्वय र सहकार्य गर्न वडा कार्यालय सदैव तयार रहने प्रतिवद्धता व्यक्त गरे ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य कमल क्षेत्रीले राजनीतिमा युवाहरुले नेतृत्व लिनुपर्ने समय आएकाले बैचारिक तथा सांगठनिक हिसावले पार्टीलाई अघि बढाउन युवाहरुको भूमिका अहंम हुने बताएका छन् ।

कार्यक्रमका विशिष्ट अतिथि तथा बाणगंगा नगर कमिटिका अध्यक्ष समेत रहेका क्षेत्रीले राष्ट्रको समृद्धि, देशको विकास र सामाजिक न्यायका लागि नेकपा एमाले नै उत्तम विकल्प रहेको बताए ।

युवा संघ वडा इन्चार्ज मुकेश अर्यालको अध्यक्षता, पार्टीका वडा कमिट अध्यक्ष बाबुराम अर्याल, अनेरास्ववियुका राष्ट्रिय परिषद सदस्य अन्जीत खनाल लगायतको आतिथ्यता, युवा संघ नगर कमिटी सदस्य लोकनाथ घिमिरेको स्वागत तथा पार्टीका वडा कमिटी सदस्य सन्दिप आचार्यको सञ्चालन रहेको कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

वडा नं. १ मा किशोर पुनको अध्यक्षतामा ७ जना मनोनित गर्ने गरि २८ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्षमा रमिता विसी, सचिवमा गोविन्द राना, सहसचिवमा माया श्रीपाली र कोषाध्यक्षमा पुरन थापा रहेका छन् ।

यस्तै वडा नं. ३ मा हिरालाल सुनारको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा शिवहरी आचार्य, सचिवमा मदन भटट्राई, सहसचिवमा दिपा खनाल, कोषाध्यक्षमा गोमा खनाल चयन भएका छन् ।

उता वडा नं. ४ मा श्री प्रसाद रानाको अध्यक्षतामा १० जनालाई पछि मनोनित गर्ने गरि ३५ सदस्यीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा चिन्कु चौधरी थारु, सचिवमा निर्मल शर्मा, सहसचिवमा दिक्षा पोख्रेल, कोषाध्यक्षमा अजय क्षेत्री चयन भएका छन् ।

असोज मसान्तसम्म राष्ट्रिय युवा संघ नेपालको पालिका तथा वडा भेला सम्पन्न गर्ने गरि अभियान संचालन गरिएको बताईएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८ आइतबार ००:००  २ : २४ बजे