८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

ईन्डियन प्रिमियर लिगः चेन्नईमाथि राजस्थानको सहज जित



काठमाडौं ।
ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले जित निकालेको छ । आबुधाबीमा शनिबार भएको खेलमा राजस्थानले चेन्नई सुपर किङ्सलाई ७ विकेटले हराएको हो ।

चेन्नईले दिएको १ सय ९० रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा शिबम डुबेले अविजित ६४ रन बनाए । याशभी जैसवालले ५० रन बनाए ।

चेन्नईका सार्दुल ठाकुरले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।

चेन्नईका लागि रुतुराज गायकवाडले १०१ रनको शतकीय इनिङ्स खेले । रविन्द्र जडेजाले अविजित ३२ तथा फाप डु प्लेसिसले २५ रन बनाए ।

राजस्थानका राहुल तेवाटियाले ३ विकेट लिए ।

जितसँगै राजस्थानले १२ खेलमा १० अंक जोडेको छ ।

चेन्नई १८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७८ आइतबार ००:००  ७ : १४ बजे