रुकुम (पूर्व) ।
नेपाली कांग्रेस रुकुम पूर्वको सभापतिमा केशरमान रोका मगर सर्वसम्मत निर्वाचित भएका छन् । सिस्ने गाउँपालिका रुकुमकोटमा भएको जिल्ला अधिवेशनमा शनिबार सर्वसम्मत रूपमा रोका मगर सभापतिमा निर्वाचित भएका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका रोका मगर यस अघिका पनि जिल्ला सभापति हुन् ।
जिल्ला अधिवेशनले रोका मगरको नेतृत्वमा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ। जसको उप–सभापतिमा भीमबहादुर खड्का र तेजेन्द्र खाम मगर, सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी चयन भएका छन् । यस्तै धनप्रताप बुढा मगर र खडगबहादुर घर्ती सह–सचिवमा चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा संगिता बुढा मगर, बालकुमारी खड्का घर्ती, रमुना विक, भरत घर्ती मगर, दलु बुढा, हुमलाल जैसी, बाबुराम कँुवर, मेखलाल बुढा, बसन्तकुमार बुढा र रामबहादुर नेपाली चयन भएका छन् ।
प्रतिक्रिया