८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

चीनका ३८ सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको दाबी



काठमाण्डौ ।
चीनका ३८ वटा सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले जनाएको छ। चीनले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गरेर सैनिक विमान उडाएको यो अहिलेसम्मकै ठूलो घटना भएको ताइवानले दाबी गरेको छ ।

दुई चरणमा परमाणु क्षमतायुक्त बम र जहाजसहितका चिनियाँ विमानहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ ।

चिनियाँ जहाजहरु आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेपछि ताइवानले आफ्ना विमान उडाउनुका साथै मिसाइल प्रणाली पनि तैनाथ गरेको बीबीसीले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ । तर ताइवान भने आफू स्वतन्त्र सार्वभौम देश रहेको बताउँदै आएको छ । ताइवानले विगत एक वर्षयता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ । चीन सरकारले भने यसबारे कुनै सार्वजनिक टिप्पणी गरेको छैन।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  १२ : १४ बजे