८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

उच्च रक्तस्रावका कारण अछाममा गर्भवतीको ज्यान गयो



अछाम ।
अछाममा उच्च रक्तस्रावका कारण गर्भवती महिलाको ज्यान गएको छ ।

अछामको तुर्माखाँद गाउँपालिका(१ रहफ‍की पूर्णकला विकको उच्च रक्तस्रावका कारण ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बिहीवार राति ८ बजे प्रसव पीडा भएपछि रहफ स्वास्थ्य चौकी लगिए पनि विकको हिजो बिहान ५ बजे ज्यान गएको स्वास्थ्य चौकीकी अनमी गीता लम्सालले जानकारी दिनुभयो ।

घरमा व्यथा लागेपछि विकलाई स्वास्थ्यचौकी लगिएको थियो । उहाँको रक्तस्रावका कारण बच्चा जन्माउन नसक्दा ज्यान गएको स्वास्थ्य चौकी रहफले जनाएको छ । भौगोलिक विकटताका कारण समयमै अस्पताल पुर्याउन नसक्दा उहाँको ज्यान गएको अछामका प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिनुभयो ।

यसअघि गम्भीर समस्या भए लगत्तै गर्भवती महिलालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरमार्फत उद्धार गरिँदै आएको भए पनि समयमै जानकारी नभएकाले विकलाई बचाउन नसकिएको मल्लले बताउनुभयो ।

अछामकै विकट मानिएको तुर्माखाँद गाउँपालिकाका बस्तीहरुमा यातायातको सुविधाको नभएका कारण पटक पटक यस्ता घटनाहरु ‍दोहोरिने गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०७८ शनिबार ००:००  १२ : ०५ बजे