१४ मंसिर २०८१, शुक्रबार | Sat Nov 30 2024

पछिल्लो २४ घण्टामा ३३ सय ८३ नयाँ संक्रमित थपिए ,२४ जनाको मृत्यु



काठमाडौं ।
देशभर थप तीन हजार तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १६ हजार ७ सय १८ जनामा कोरोना परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टाभित्रमा एक हजार ९ सय ९४ जना संक्रमणमुक्त भएका छन्। त्यस्तै,कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ जना पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

काठमाडौं उपत्यकाभित्र ९ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ६ सय १९, भक्तपुरमा एक सय १४ र ललितपुर जिल्लामा एक सय ७७ जना संक्रमित भेटिएका मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १९ श्रावण २०७८ मंगलबार ००:००  ६ : १० बजे