बिष्णु कुमार आले,अर्घाखाँची ।
अर्घाखाँचीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्युु हुनेमा जिल्लाको छत्रदेव गाउँपालिका–६ की ४८ बर्षीय कमला रानाको करेन्ट लागेर मृत्यु भएको हो ।
घरमा जडान गरिएको कुटानी पिसानी मिलमा मकै पिस्ने क्रममा चिसो हातले मिलको फलाममा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको अस्पचाल लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।
शवलाई पोष्टमार्टम गरि परिवारजनको जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरिक्षक गणेश खनालले जानकारी दिए ।
प्रतिक्रिया