मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुमा यहीँ साउन १३ र १४ गते जोनसन एण्ड जोनसन खोप लगाइने भएको छ । जिल्ला कोभिड १९ खोप समन्वय समितिको आइतबार बसेको बैठकले साउन १३ र १४ गते २ दिन उक्त खोप लगाउने निर्णय गरेको हो ।
जिल्ला कोभिड १९ खोप समन्वय समितिको निर्णयानुसार ५०–५४ वर्ष उमेर समूहका व्यक्तिहरु, अपांगता परिचयपत्र भएका व्यक्तिहरु (क र ख), विदेश जानु पर्ने व्यक्तिहरु र यस अघि प्राथमिकतामा परेर खोप नपाएका व्यक्तिहरुको लागि प्रत्येक वडाका स्वास्थ्य संस्थाहरुबाट खोप सेवा प्रदान गरिने जनाइएको छ ।
जिल्लाका यशोधरा गाउँपालिका, शुद्दोधन गाउँपालिका र मायादेवी गाउँपालिकामा १० गते देखि १४ गतेसम्म नियमित खोप कार्यक्रम चल्ने भएकोले उक्त पालिकाहरुमा जोनसन खोप साउन १५ र १६ गते लगाईने पनि बताइएको छ ।
प्रतिक्रिया