काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो दुरुपयोग गरेर, बिगारेर टिकटक बनाउने एक जना पक्राउ परेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बिगारेर टिकटकमा पोस्ट गरी चरित्र हत्या गर्ने झापाको मेचीनगर नगरपालिका ६ का सोमप्रसाद घिमिरेलाई नेपाल प्रहरीको साइबर ब्युरो ९सीआईबी० ले पक्राउ गरेको हो ।
उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया