बिष्णु कुमार आले, अर्घाखाँची ।
बाख्रा चराउन गएका बेला प्युठानको माडी नदीमा बगेर बेपत्ता भएका दुई बालिका फेला परेका छन् । माडीनदिले बगाएको ठाउँबाट करिव ४० किलोमिटर तल सरूमारानी गाउँपालीका १ मा ७ बर्षिय सर्मिला थापाको सव फेला परेको थियो भने अर्की ८ बर्षिय बिपना थापाको सव बगाएको ठाउँदेखि ७५ किलोमिटर तल दाङको गढहवा गाउँपालीकाको क्षेत्रमा खोजि गर्नेक्रममा स्थानिय र प्रहरीले फेला पारेका थिए ।
खोजिकार्य गर्दै जाँदा खोलाले बगाएको पाँचदिन पछि दुई बालिकाको सव भेटिएको हो । शवलाई फेला पारी आफन्तको जिम्मा लगाईएको प्युठान जिल्ला प्रहरी कार्यलयका प्रवक्ता देबि प्रसाद गैरेले जानकारी दिए । नदिको किनारमा बाख्रा चराईरहेका बेला माडि नदिको छेउँमा पौडि खेल्न झरेका प्युठानको सरुमारानी ४ निवासी बोमबहादुर थापाको ८ बर्षीय छोरी विपना थापा र सोही वडाको मान्द्रे निवासी नुमबहादुर थापाको ७ बर्षीय छोरी सर्मिला थापा माडि नदिमा बगेर वेपत्ता भएको पाँच दिनपछि फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी सुनिल मल्लले बताए ।
प्रतिक्रिया