८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

लामो दुरीको यातायात आजदेखि चल्यो



काठमाडौँ ।
अन्तर जिल्ला यातायातलाई सरकारले आजदेखि खुला गरेको छ । खुला भएसँगै आजदेखि लामो तथा मध्यम दूरीका सवारी साधनहरू सञ्चालन भएका छन् ।

शुक्रबार काठमाडौँ जिल्‍ला प्रशासन कार्यालयले सरकारले तोकेको मापदण्ड पालना गरेर यातायात सञ्‍चालन हुने सूचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय तथा लोकसेवा आयोगलगायतका निकायबाट परीक्षाका कार्यक्रम सार्वजनिक भएकाले देशका विभिन्‍न भागबाट परीक्षार्थी आउने तथा सर्वसाधारणको आवतजावतसमेतलाई सहज बनाउन यातायतका साधन सञ्चालन गर्न अनुरोध गरिएको छ ।

नेपाल सरकार (मन्त्रिपरिषद) को यही साउन ४ को निर्णयअनुसार यातायात सञ्चालनको व्यवस्था मिलाउन प्रशासनले यातायात व्यवसायीलाई अनुरोध गरेको छ। यात्रुहरूले अनिवार्य टिकट काटेरयात्रा गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८ शनिबार ००:००  ९ : २७ बजे