८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

देशभर मनसुनी वायुको सामान्य प्रभाव



काठमाडौँ ।
देशभर शनिबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । शनिबार राति पनि देशभर सामान्यतया बदली रहेर केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ ।

हाल नेपालमा देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसमविदले जानकारी दिएका छन् । मुलुकका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको तथा नदी नाला र खहरेखोलामा पानीको सतह बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७८ शनिबार ००:००  ९ : २० बजे