काठमाडौं ।
विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । हालसम्म चीनमा एक अर्ब ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ भने भारतले ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइसकेको छ ।
त्यसैगरी, अमेरिकाले ३३ करोड ८० लाख २५ हजार ९५० डोज कोरोनाविरुद्ध खोप लगाउँदा ब्राजिलमा ११ करोड ८९ लाख ५३ हजार ५३७ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।
विश्वका धनी तथा पहुँचयुक्त राष्ट्रहरुले धेरै खोप लगाएका छन् । तर, अधिकांश अफ्रिकी तथा खरिदका लागि पहुँच नभएका राष्ट्रहरुले हालसम्म पनि खोप लगाउन पाएको छैनन् ।
प्रतिक्रिया