काठमाडौं ।
एमाले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एक हजार एक सदस्यीय ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरेका छन् । आफूपक्षीय युवा संघ नेपालले भक्तपुरमा बिहीबार आयोजना गरेको कार्यक्रममा नेता नेपालले केन्द्रीय पिपुल्स भोलेन्टियर घोषणा गरेका हुन् ।
शिव श्रेष्ठको संयोजकत्वमा सार्वजनिक गरिएको पिपुल्स भोलेन्टियरको इन्चार्ज संघका उपमहासचिव एवं प्रवक्ता सञ्जिप राई र सचिव मनोज खत्री तोकिएका छन् ।
यसअघि नेपालनिकट अनेरास्ववियुले अखिल फोर्स गठन गरेको थियो । एमाले अध्यक्ष केपी ओलीनिकट युवा संघले युथफोर्स ब्युँताएपछि नेपालनिकट युवा संघ र अनेरास्ववियुले युवा र विद्यार्थीको दस्ता बनाएको बताएका छन् ।
प्रतिक्रिया