मायादेवी अनलाइन, चारनम्बर ।
सन नेपाल लाइफ इन्स्योरेन्स कमपनी लिमिटेड कपिलवस्तु शाखाले शुक्रबार २८ लाख बढीको मृत्यु भुक्तानी दिइएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ११ मा निधन भएका असहमद कमालकी श्रीमती समिना परविनलाई उहाँकै घरमा गई जितपुर शाखाले अठ्ठाइस लाख दुई हजार पाँच सय रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
शाखा प्रमुख गिता गौतम ज्ञवालीले चेक परिविनलाई हस्तान्तरण गर्नु भएको थियो । यो रकम पाएपछि परिवारलाई थप राहत भएको र जीवन विमाको महत्व बल्ल बुझेको मृतक कमालका परिवारले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि विघटित प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमानले हरेक नागरिकसम्म जीवन विमाको पहुँच पुग्नु पर्ने बताउनु भयो ।
मृतकका दाजु समेत रहनु भएका कमालले अब सबैको लागि जीवन बिमा महत्व रहेको भन्दै कम्पनीलाई धन्यबाद दिनुभयो । कार्यक्रममा बाणगंगा नगरप्रमुख मंगल प्रसाद थारु, वडाअध्यक्ष सोमनाथ अर्याल, हितकोशका बरिष्ठ सल्लाहकार बिष्णु गौतम, हरिकला भट्टराई, वडासदस्य शारदा घिमिरे, कम्पनीका कर्मचारी, अभिकर्ता लगायतको सहभागिता थियो ।
प्रतिक्रिया