काठमाडौं ।
निर्धारित समयभन्दा करिब डेढ घण्टापछि नेकपा एमालेको कार्यदल बैठक सुरु भएको छ । बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक भर्खरै सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सुरु भएको हो ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरु निर्धारित समयभन्दा केही ढिला बैठकस्थल पुगेर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई पर्खिएका थिए ।
यसअघिका बैठकमा सहमतिको नजिक पुगेको बताउँदै आएका नेताहरुले बिहीबार बेलुका बसेको बैठकपछि भने दशदिन यता खासै प्रगति हुन नसकेको बताएका छन् । हिजोको बैठपछि नेपाल पक्षका कार्यदलका नेता घनश्याम भुसालले कुनै प्रगति हुन नसकेको बताएका थिए ।
उता, ओली पक्षबाट कार्यदलका संयोजकसमेत रहेका नेता सुवास नेम्वाङले भने आफू आशावादी भएको र आजको बैठकबाट निष्कर्षमा पुग्ने प्रतिक्रिया दिएका थिए ।
प्रतिक्रिया