८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

एमालेको विवाद समाधान कार्यदलको बैठक बेलुका ७ बजे बस्ने



काठमाण्डौ ।
नेकपा एमालेको विवाद समाधानका लागि बसेको कार्यदलको बैठक केहीबेर बसेर स्थगित भएको छ । आन्तरिक विषय मिलाउन भन्दै केहीबेर स्थगित भएको बैठक बेलुका सात बजे फेरि बस्ने नेताहरूले जनाएका छन् ।

हिजो बुधवार कार्यदलमा रहेका नेताहरूको पहलमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएपछि विवाद समाधान थप सहज बनेको नेताहरूको दाबी छ । आन्तरिक तयारीका लागि अहिले बैठक स्थगित भएको र सात बजे बस्ने बैठकले सम्भवत सबै विवादको समाधान निकाल्ने कार्यदल सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।

कार्यदलमा सबै तहका पार्टी र जनसङ्गठनका कमिटीहरू पूर्ववत् अवस्थामा फर्काउने सहमति भएको छ । माओवादी केन्द्र छाडेर आएका नेताहरूको व्यवस्थापन लगायतका विषयमा पनि सहमति जुट्न बाँकी छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच विवाद बढ्दै गएपछि सहमतिका लागि दुवै पक्षका नेताहरू रहेको कार्यदल गठन भएको हो ।

प्रकाशित मिति : २४ असार २०७८ बिहिबार ००:००  २ : २० बजे