८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

कोरोनाका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघ्यो



काठमाण्डौ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वमा ज्यान गुमाउनेको सङ्ख्या ४० लाख नाघेको छ । अमेरिकामा अहिलेसम्म ६ लाख २१ हजारभन्दा धेरैको ज्यान गएको छ भने ब्राजिलमा पाँच लाख २८ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्। यस्तै भारतमा चार लाख ५ हजारभन्दा धेरैको ज्यान गएको वर्ल्डओमिटरले जनाएको छ ।

विश्वमा अहिले २८ करोड ५८ लाख ५७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् । सबैभन्दा संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुट्रेसले कोरोना महामारीलाई नियन्त्रण गर्न अझै धेरै प्रयत्न गर्नु पर्ने बताउनु भएको छ । कोरोना विरुद्धको खोपको विकासले सङ्क्रमण रोकथाममा केही आशाका किरण भने देखिएको उहाँले बताउनु भएको छ ।

प्रकाशित मिति : २४ असार २०७८ बिहिबार ००:००  १ : ३७ बजे