८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तटीय र डुबान क्षेत्रमा जोखिम, सतर्कता अपनाउन आग्रह



काठमाण्डौ ।

लगातारको वर्षासँगै देशका नदी तथा खोलामा पानीको सतह बढेको छ । आज कोशी,नारायणी र यसका सहायक नदीहरुमा बहाव बढ्ने तथा केहीमा सतर्कता तह पार गर्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, तिनाउलगायत नदी तथा खोलामा बहाव बढ्ने, केही साना सहायक नदीहरुमा आकस्मिक बहाव भइ सतर्कता तह पुग्न सक्ने भएकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मिति : २४ असार २०७८ बिहिबार ००:००  १२ : ०४ बजे