पाल्पा ।
पाल्पाको तिनाउँ गाउँपालिका ५ केराबारी नजिकै गएको पहिरोले पाँच घर पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । कल्याणी आधारभूत विद्यालय नजिकै रहेको गिट्टीखानी नजिक पहिरो जाँदा वीरबहादुर गुरुङको घटनास्थलमै ज्यान गएको हो । पहिरोले ८ वर्षीय बालक आरब परियार बेपत्ता भएका छन् । बिहान साढे ३ बजे आएको पहिरोले हरि दर्लामी, सुजा परियार, नरबहादुर राना, वीरबहादुर गुरुङ र बलबहादुर पुनको घर पुरिएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
पहिरोले घाइते भएकाहरुलाई कल्याणी आधारभूत विद्यालयमा राखेर उपचार भइरहेको र विस्थापितलाई पनि त्यहीँ विद्यालयमा राखिएको प्रहरीले जनाएको छ । हिजोदेखि वर्षाका कारण पहिरो जाँदा पाल्पा बुटवल सडक खण्डको सिद्धार्थ राजमार्ग समेत बन्द भएको छ ।
प्रतिक्रिया