८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको मृत्यु, आमा र दिदी घाइते



दाङ ।

दाङमा घर भत्किँदा तीन महिनाकी शिशुको ज्यान गएको छ । घरको भित्ता भत्किँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी बिन्दुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मनिषा र उहाँकी अर्की छोरी घाइते भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर १७ क्वाडीमा बिहान ३ बजे अविरल वर्षाका कारण घर भत्किँदा शिशुको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७८ बिहिबार ००:००  ११ : ४४ बजे