८ मंसिर २०८१, शनिबार | Sun Nov 24 2024

देशभर मनसुनी वायुको प्रभावः दिउँसो र राति भारी वर्षाको सम्भावना



काठमाडौं ।
देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाले गरेको मौसम पूर्वानुमान अनुसार भोलि र पर्सि पनि देशमा विभिन्न भू–भागमा मध्यम देखि भारी वर्षा हुनेछ ।

प्रकाशित मिति : २४ असार २०७८ बिहिबार ००:००  ७ : ०५ बजे