एजेन्सी ।
तौल बढ्ने समस्याले अहिले धेरै मानिसलाई सताउन थालेको छ । यसका लागि गलत जीवनशैली र खानपान जिम्मेवार छ । अत्यधिक गुलियो, कार्बोहाइड्रेटले भरपूर, अस्वस्थ र चिल्लो खानेकुरा खाने नेपालीहरूको स्वभावले गर्दा पनि तौल बढिरहेको हो ।
दिनदिनै कम क्यालोरी भएका खानेकुरा खाने गर्दा तौललाई नियन्त्रणमा राख्न सकिन्छ । यहाँ हामी त्यस्ता चार खानेकुराको चर्चा गर्दैछौं ।
बुर्काउली
बुर्काउलीमा भिटामिन ए, सी, क्याल्सियम, फाइबर, पोटेसियम, म्याग्नेसियम, फोलिक एसिड र एन्टी–अक्सिडेन्ट प्रचूर मात्रामा पाइन्छ । यसमा क्यालोरी कम हुनाले तौल नियन्त्रणमा रहन्छ । यसले मांसपेशी र हाड बलियो बनाउने अनि मुटुलाई स्वस्थ राख्ने काम पनि गर्छ ।
केल
हिन्दीमा केल अनि अंग्रेजीमा लीफ क्याबेज भनिने वनस्पति पोषक तत्त्व र एन्टीअक्सिडेन्ट गुणले भरपूर हुन्छ । यसमा अन्य हरियो सागपातको तुलनामा बढी पौष्टिक गुण हुन्छ । मोटोपनको समस्या भएका मानिसले यसलाई दैनिक सेवन गर्नु उचित हुन्छ । यसमा कम क्यालोरी हुन्छ । यसले इम्युनिटी बढाउने र पाचनक्रिया तीव्र बनाउने काम गर्छ । पेटको रोग र मौसमी रुघाखोकीबाट पनि यसले बचाउँछ । मुटुका लागि पनि यो फाइदाजनक हुन्छ ।
चुकन्दर
पोषक तत्त्व र एन्टी–अक्सिडेन्ट गुणले भरपूर चुकन्दरको सेवनले शरीरमा रगतको कमी पूरा गर्छ र सफा पनि राख्छ । यसले इम्युनिटी र पाचनतन्त्र बलियो बनाउँछ । कब्जियत, एसिडिटी र पेटको रोग यसले निको पार्छ । तौल नियन्त्रण गर्न यसले योगदान गर्छ । अनि शरीरमा भएको विषाक्त पदार्थ पनि यसले निकाल्छ । मुटु र मस्तिष्कका लागि यो लाभदायक छ ।
खरबुजा
खरबुजामा पानीको मात्रा अत्यधिक हुन्छ र क्यालोरी पनि एकदमै कम हुन्छ । यसले पाचनशक्ति बलियो बनाउँछ । त्यसो हुँदा तौल पनि कम हुन्छ । अनि यसले कोलेस्ट्रोल बढ्न पनि रोक्छ । रक्तचाप नियन्त्रणमा राख्ने हुनाले मुटुरोग पनि लाग्न पाउँदैन । आँखाका लागि यो वरदान हो ।
प्रतिक्रिया