गुल्मी ।
रेसुंगा नगरपालिकाका अति विपन्न सात परिवारले घर पाउने भएका छन् । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत उनीहरुको घर निर्माण अन्तिम चरणमा पुगेको नगरपालिकाका सूचना अधिकारी शंकरप्रसाद गौतमले जानकारी दिए ।
उनीहरुलाई प्रतिघर तीन लाख रुपैयाँका दरले रकम उपलब्ध गराइने गौतमले बताए । वडा नम्बर ३ बुढीचौरका रुक्मागत दमै, वडा नम्बर ४ रैदीका झबिन्द्र दमै, वडा नम्बर ७ भुजेलखर्ककी खिमकला सुनार, वडा नम्बर ९ बजियानाकी तारा विश्वकर्मा, वडा नम्बर ९ खालाचौरकी हुमकला आचार्य, वडा नम्बर १० सिमीचौर तक्नामका मधु आचार्य र वडा नम्वर १० मैदानकी हेमा कुँवरको घर निर्माण अन्तिम चरणमा पुगेको कार्यक्रमका सहजकर्ता राजन घिमिरेले बताए ।
सम्बन्धित वडा कार्यालयको सिफारिसका आधारमा उनीहरुको घर निर्माण गरिदिएको नगरपालिकाले जनाएको छ । मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममार्फत कृषकहरुलाई ५०० लिटरका ट्याङकी, विभिन्न सीपमुलक तालिम प्रदान लगायतका कार्यहरु गर्दै आएको घिमिरेले बताए ।
प्रतिक्रिया