मायादेवी अनललाइन, चारनम्बर ।
लायन्स क्लव अफ कपिलवस्तु बर्ष २०२१ । २२ को सचिवालय बाणगगा नगरपालिकाको चार नम्बरमा स्थापना भएको छ । क्लव स्थापना भएर एक बर्ष पुरा भइ दोश्रो बर्ष सुरु भएकै अवसरमा बाणगंगा नगरपालिका जाने बाटोको १ सय मिटर पश्चिमपट्टी सचिवालयको स्थापना गरिएको हो ।
क्लवका अध्यक्ष सविता सापकोटाको अध्यक्षतामा प्रमुख अतिथि जोन चेयर पर्सन सुरेन्द्र घिमिरेले सचिवालयको बाहिरी बोर्ड पढेर औपचारिक रुपमा स्थापना भएको घोषणा गर्नु भएको थियो । उद्घाटन गर्दै घिमिरेले अब लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी थप शशक्त भएको बताउनु भयो ।
सचिवालयको स्थापना पछि मानवीय र सामाजिक काम गर्न दिदीबहिनीलाई थप सजिलो हुने उहाँको भनाई छ । उहाँले क्लवको अन्र्तराष्ट्रिय मान्यतामा टेकेर मितव्ययी भई काम गर्न पनि दिदीबहिनीलाई सुझाउनु भयो । क्लवमा समयमा काम सुरु हुने र समयमै अरु काम गर्ने सन्देश प्रवाह होओस् भन्दै उहाँले घडी उपहार दिनुभएको छ ।
लायन्स क्लव अफ कपिलवस्तुका बर्ष २०२१ । २२ अध्यक्ष धातानन्द भुसाल, सहसचिव नारायण पौडेल र रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेले बोल्दै सफलताको शुभकामना दिनु भएको थियो ।क्लवको नियमित वैठक बस्न, आन्तरिक काम गर्न र थप संगठित हुन सचिवालय आवश्यक भएपछि स्थापना गरिएको अध्यक्ष सविता सापकोटाले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।
सचिव कविता घिमिरेको संचालन र प्रथम उपाध्यक्ष अनिता जिसीको स्वागतमा समपन्न कार्यक्रममा दिदीबहिनीहरुले आगामी शनिबार हुने वृक्षरोपणमा सशक्त उपस्थिति हुने जनाएका छन् । यसै हप्ता क्लवका अध्यक्ष लक्ष्मी गैरेले सविता सापकोटालाई पदभार सुम्पनु भएको थियो ।
प्रतिक्रिया