काठमाडौं ।
नेकपा एमालेको विवाद समाधानको प्रयास नतिजाउन्मुख भएको नेताहरुले बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बीचको विवाद समाधान गर्न बनेको कार्यदलको बुधवार बसेको बैठक सकारात्मक बनेको कार्यदलका सदस्यहरुले बताएका छन् । विवाद समाधान निष्कर्षउन्मुख भएको बताउदै कार्यदलका एक नेताले भने विहीवार फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ । एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले विहीवारसम्म पार्टी एकतामा देखिएका अवरोधहरु हट्ने दाबी गर्नुभयो ।
मंगलबार सिंहदरबारमा बसेको कार्यादलको बैठकपछि प्रतिक्रिया दिदै प्रवक्ता ज्ञवालीले पछिल्ला तीन दिनका कार्यदल बैठकहरु सकारात्मकउन्मुख रहेको बताउनुभयो । विहीवारम्म एकता टुंगिने उहाँको दाबी छ ।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त भिम, आचार्य ररहनुभएको छ ।
त्यस्तै, ओली पक्षबाट सुवासचन्द्र नेम्वाङको नेतृत्वमा, उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य शंकर पोखरेल, बिष्णु रिमाल रहनुभएको छ ।
प्रतिक्रिया