मायादेवी अनलाइन, चारनम्बर ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दान बहादुर कार्की एक्सनमा उत्रिन थाल्नुभएको छ । जिल्लाबाट दिनहुँ गोरु तस्करी हुने गरेका खबर सार्वजनिक भैरहदा मुखदर्शक जस्तै बनेको प्रहरी प्रशासन एसपी कार्कीको जिल्ला आगमनसंगै विगतको सेटिङ भत्किन थालेको छ ।
माथि देखिकै प्रहरी प्रशासनको सेटिङले जिल्लाबाट गोरुको तस्करी हुँदै आएको प्रहरी माथि गम्भीर आरोप लाग्दै आएको छ । यद्यपि बुधबार विहान साढे तीन बजेको समयमा गोरु लोड गरिरहेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विगत केही महिना यता भने गोरु समातिएका घटना सार्वजनिक भएका थिएनन् ।
जिल्लाको कपिलवस्तु नगरपालिका वडा नं. १० पचेहरास्थित तौलिहवा चारनम्बर सडक खण्डमा ट्रकमा गोरु लोड गरी लैजादै गरेको भन्ने सूचना प्राप्त हुनासाथ उक्त स्थानमा प्रहरी पुगेको थियो ।
प्रहरी टोलीले ना ८ ख ७७०७ नं. को ट्रकमा २४ जिउ गोरु लोड गरी लैजान लागेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
गोरुलाई कुनै कागजात विनै झापा लैजान थालिएको थियो । गोरूसहितको ट्रक र ३ जनालाई प्रहरीले नियन्त्रणमा लिई बुधबार नै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय सुठौली पठाईएको छ ।
असार २१ गते जिल्लाको चारनम्बरमा भएको एक औपचारिक कार्यक्रममा एसपी कार्कीले ‘साला र भाइलाई थुनेको हुँ, भनसुन र पावर चल्दैन’ बताउनुभएको थियो । मायादेवी अनलाइनमा प्रकाशित उक्त समाचार आम पाठकमा भाइरल जस्तै बनेको छ ।
प्रतिक्रिया