८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

बुड्ढी तालको सौन्दर्यीकरणसंगै थारु संग्राहलय बनाउन डिपिआर तयार



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले बुड्ढी तालको सौन्दर्यीकरण गर्दै थारु संग्राहलय बनाउन थालेको छ । नगरपालिकाले आगामी बर्षको बजेटमा आफ्नो नगर गौरवको आयोजनामा बुड्ढी ताललाई पारेको छ ।

वडा नं. ४ मा पर्ने बुड्ढी ताल नगरपालिकाको कार्यालय आसपासमा रहेको छ । पुरानो मानवनिर्मित यो ताल थारु समुदायको सभ्यतासंग जोडिएको छ । थारु समुदायको बाक्लो बस्ति नजिकै रहेको बुड्ढी तालको विकासमा बुद्धभूमि लागेको हो । तालको सौन्दर्यीकरणसंगै थारु संग्राहलय निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने गृहकार्यमा नगरपालिका लागेको नगर प्रमुख केशव कुमार श्रेष्ठले जानकारी दिनुभयो । तालको समग्र डिपिआर निर्माण भैसकेको भन्दै अब केही महिनामा टेण्डर आह्वान हुने नगर प्रमुख श्रेष्ठले बताउनुभयो ।

आफ्नो वडामा रहेको ताललाई नगरले गौरवको योजनामा पारेर काम गर्न थालेको प्रति नगर प्रवक्ता समेत रहनुभएका वडाध्यक्ष पवनकुमार थारु खुसी हुनुहुन्छ । तालको सौन्दर्यीकरणमा आफु निरन्तर लागि परेको भन्दै अब सबैको ध्यान पुग्न थालेको भन्दै चाडै सोचजस्तो विकास हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।

बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरी तालको सौन्दर्यीकरणसंगै बन्न थालेको थारु संग्राहलयको डिपिआर सार्वजनिक गरिएको हो ।

हेर्नुहोस डिपिआरमा समावेश बुड्ढी ताल

प्रकाशित मिति : २३ असार २०७८ बुधबार ००:००  ५ : ४१ बजे