८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

एमालेको विवाद समाधान नजिकै पुगेको कार्यदलको दाबी



काठमाण्डौ ।

नेकपा एमालेको विवाद समाधान कार्यदलले सहमति नजिकै पुगेको दावी गरेको छ । सिंहदरबारमा आज बुधवार बसेको बैठकले धेरै कुरा मिलाएको र सहमति हुन बाँकी केही विषय भोलिसम्म टुङ्गो लाग्ने कार्यदलका सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । विवादका हरेक विषयवस्तुमा प्रवेश गरेर छलफल भएको र सहमतिको विन्दु पनि पहिल्याउने काम भएको ज्ञवालीको भनाइ छ । टुङ्गो लाग्न बाँकी केही मुख्य विषयमा शीर्ष नेतासँग पनि छलफल गर्ने तयारी छ ।

गएको जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको वार्ताले कार्यदल बनाएको थियो तर माधव नेपाल पक्षले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षका हस्ताक्षर गरेपछि कार्यदल निष्क्रिय बनेको थियो । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएपछि फेरि सक्रिय बनेको छ । माधव नेपाल पक्षले निःसर्त रूपमा पार्टीलाई २०७५ सालको जेठ २ गतेअघि कै संरचना र सङ्गठनमा लैजानुपर्ने र सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षर अदालतकै आदेशअनुसार नै हुने अडान लिएको छ । दुई पटक प्रतिनिधि सभा विघटन गरेर गल्ती गरेको भन्दै ओलीले आत्मालोचना गर्नुपर्ने पनि नेपाल पक्षको माग छ ।

तर प्रधानमन्त्री ओलीले भने आफ्नो निर्णय मान्दै पार्टीमा फर्कन निर्देशन दिँदै आउनुभएको छ । विवाद मिलाउन गठन भएको दश सदस्यीय कार्यदलमा ओली समूहको तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शङ्कर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजी पन्त हुनुहुन्छ ।

प्रकाशित मिति : २३ असार २०७८ बुधबार ००:००  १ : ५९ बजे