८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

यी नदीहरुमा बाढीको सम्भावना, सर्तक रहन आग्रह



काठमाण्डौ ।

मनसुन फेरि सक्रिय भएसँगै देशका केही ठाउँमा ठूलो पानी पर्न थालेको छ । अबको दुईरतीन दिन नै ठूलो वर्षा हुन सक्ने अनुमान गरिएको छ । योसँगै विभिन्न नदी तथा खोलामा बाढी आउन सक्ने चेतावनी दिइएको छ।

आज कोशीका सहायक नदी सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोरलगायत नदीमा पानीको बहाव बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, नारायणी र यसका सहायक नदी त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती र तिनाउ लगायतका नदीमा बाढीको जोखिम छ ।

प्रकाशित मिति : २३ असार २०७८ बुधबार ००:००  ११ : ५७ बजे