८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

विश्वमा सङ्क्रमित सङ्ख्या साढे १८ करोड नाघ्यो



काठमाडौं ।
विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या साढे १८ करोड नाघेको छ । एकै दिन विश्वमा चार लाख १७ हजार नौ सय २४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १८ करोड ५३ लाख ४६ हजार आठ सय २५ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र विश्वमा सबैभन्दा धेरै सङ्क्रमित ब्राजिलमा थपिएका छन् । ब्राजिलपछि नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा धेरै सङ्क्रमित थपिए । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अरु मुलुकभन्दा निक्कै कम सङ्ख्यामा सङ्क्रमित थपिएका छन् ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १६ करोड ९६ लाख ९४ हजार तीन सय २७ जना उपचारपछि निको भएका छन् । एकै दिन तीन लाख ९७ हजार एक सय ४३ जनाले कोरोनालाई पराजित गरिदिए । एक करोड १६ लाख ४४ हजार दुई सय ३८ जनाको उपचार जारी रहेकोमा ७७ हजार सात सय दुई जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमा एकै दिन सात हजार पाँच सय ९६ जनाको मृत्यु कोरोनाका कारण भएको छ । विश्वभर हालसम्म ४० लाख आठ हजार दुई सय ६० जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

अमेरिकामा एकै दिन आठ हजार तीन सय ६८ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४६ लाख १६ हजार ७६ पुगेको छ । दुई करोड ९१ लाख ३९ हजार एक सय ३८ जना उपचारपछि निको हुँदै कोरोनामुक्त बनेका छन् ।

पछिल्लो २४ घण्टामा १८ हजार दुई सय २१ जनाले कोरोनालाई जितेका छन् । ४८ लाख ५५ हजार तीन सय ७६ जनाको उपचार जारी छ । उपचाररतमध्ये तीन हजार सात सय ८४ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा एकै दिन एक सय ३० सङ्क्रमितको मृत्यु भयो । हालसम्म छ लाख २१ हजार पाँच सय ६२ जना अमेरिकी नागरिकको मृत्यु कोरोनाका कारण भइसकेको छ । अमेरिकामा हालसम्म सङ्क्रमण पुष्टि र मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य मुलुकको भन्दा धेरै छ ।

भारतमा एकै दिन ४३ हजार तीन सय ४४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड छ लाख ६२ हजार दुई सय ८३ पुगेको छ । दुई करोड ९७ लाख ९१ हजार एक सय ७८ जना सङ्क्रमणमुक्त बनिसकेका छन् ।

पछिल्लो २४ घण्टामा ४६ हजार तीन सय ४७ जनाले कोरोनालाई पराजित गरेका छन् । चार लाख ६६ हजार आठ सय ८६ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

भारतमा एकै दिन नौ सय नौ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु हुने भारतीय सङ्क्रमितको सङ्ख्या चार लाख चार हजार दुई सय १९ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन ६२ हजार पाँच सय चार जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमित सङ्ख्या एक करोड ८८ लाख ५५ हजार १५ पुगेको छ । एक करोड ७२ लाख ६२ हजार छ सय ४६ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा एक लाख १० हजार नौ सय ७३ जना सङ्क्रमणमुक्त बनेका छन् । १० लाख ६५ हजार चार सय ७७ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

ब्राजिलमा २४ घण्टाभित्र एक हजार छ सय ६३ जनाको मृत्यु कोरोनाका कारण भएको छ । हालसम्म पाँच लाख २६ हजार आठ सय ९२ सङ्क्रमितको मृत्यु भइसकेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रकाशित मिति : २३ असार २०७८ बुधबार ००:००  ९ : १४ बजे