८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

अर्जेन्टिनाद्धारा कोलम्बिया पेनान्टी सुटआउटमा पराजित



एजेन्सी ।
अर्जेन्टिना ब्राजिलमा जारी ४७औँ दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियामाथि पेनाल्टी सुटआउटमा ३–२ गोलको जित निकाल्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो ।

ब्राजिलामा निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । जसमा अर्जेन्टिनाले बाजी मारेको हो ।
पेनाल्टीमा जानुअघि अर्जेन्टिनाले लाउटारो मार्टिनेजको गोलमा सुरुआती अग्रता बनाएको थियो । खेलको सातौँ मिनेटमा कप्तान लियोनल मेस्सीको पासमा मार्टिनेजले गोल गर्दै पहिलो हाफभरि अर्जेन्टिनालाई अग्रता दिलाए ।

६१औँ मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।

यससँगै अर्जेन्टिनाले फाइनलमा ब्राजिलसँग भेट पक्का गरेको छ । ब्राजिल मङ्गलबार बिहान भएको पहिलो सेमिफाइनलमा पेरुमाथि १–० गोलको जित निकाल्दै उपाधि नजिक पुगिसकेको छ ।

यसअघि अर्जेन्टिनाले सेमिफाइनल प्रवेश गर्न इक्वाडरमाथि ३–० गोलको जित निकालेको थियो । कोलम्बिया भने उरुग्वेमाथि पेनाल्टी सुटआउटमा ४–२ गोलको जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

अर्जेन्टिना १४ पटकको उपाधि विजेता हो । तर उसले सन् १९९३ यता उपाधि जित्न सकेको छैन ।

प्रकाशित मिति : २३ असार २०७८ बुधबार ००:००  ९ : ०५ बजे