८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

कपिलवस्तुको वाणगंगामा कुखुरा व्यवसायीका लागि तालिम



मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु बाणगंगामा एक दिने कुखुरा व्यवसायीको लागि तालिम दिइएको छ । बाणगंगा नगरपालिका अन्तर्गत रहेका करिब १५ जना कुखुरा व्यवसायीहरुको सहभागितामा तालिम दिइएको हो ।

वाणगंगा टेक्निकल इन्स्टिच्युटले आयोजना गरेको तालिममा पशु चिकित्सक डाक्टर रुपनारायण श्रेष्ठले सहजिकरण गर्नुभएको थियो ।

तालिममा ब्रोइलर र लेर्यस कुखुरा पालन व्यबसायको परिचय, साना चल्ला सम्बन्धि व्यवस्थापन साथै चल्ला र तिनीहरुमा देखिने रोग र समस्या, हुर्की सकेका चल्लामा देखिने व्यबस्थापकीय समस्या र तिनमा देखिन सक्ने रोग र समाधानहरु, खोप तालिका र लगाउने तरिकाहरु, अन्डा तथा मासुको सुरक्षा एवं भण्डारण विधि लगायतमा डा श्रेष्ठले प्रशक्षिण दिनुभएको थियो ।

यस्तै दाना आहार तथा भण्डारणमा दानाको परिचय तथा गुणस्तर र तिनको प्रकारहरु, दाना दिने भाँडाकुडाको सरसफाई, दाना दिने समय तालिका र अन्य व्यबस्थापनबारे पनि उहाँले प्रशिक्षण दिनुभएको बाणगंगा टेक्निकल ईन्स्टिच्युटका संचालक सदस्य डम्बर बहादुर सोमैले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २३ असार २०७८ बुधबार ००:००  ६ : १५ बजे