काठमाडौं ।
गएको असार ९ मा पेट्रोलियम पदार्थको मुल्य बढाएको नेपाल आयल निगमले मंगलबार फेरि मुल्य बढाएको छ । निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धनको मूल्य मूल्य बढाएको हो । नयाँ मुल्य अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको छ । काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२९, डिजल तथा मट्टितेलको प्रतिलिटर ११२ रुपैयाँ कायम भएको छ।
त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुर्याइएको छ। अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर इन्धनको १९ अमेरिकी डलर वृद्धि गरिएको छ।
अब प्रतिकिलोलिटर अमेरिकी डलर ७ सय ५४ कायम भएको छ। एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ। खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १४ सय २५ रुपैयाँ पर्नेछ।
प्रतिक्रिया