रुपन्देही ।
रुपन्देहीमा प्रहरीले श्रोत नखुलेको ३१ लाख ९० हजार रकम सहित २ जनालाई नियन्त्रणमा लिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं।१ वाईपासस्थित ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा उक्त स्रोत नखुलेको रकम फेला पारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका वडा नं. १ बस्ने बर्ष २१ को बिनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटीरोकी खानतलासी गर्ने क्रममा झोलाबाट श्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँ फेला पारी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरी नायव उपरिक्षक सत्यनारायण थापाले बताए । प्रहरीले बिनय कलावार र भारत उत्तर प्रदेश नौतनबा बस्ने ३५ बर्षका सुरज गौणलाई नियन्त्रण लिएको जनाएको छ ।
प्रतिक्रिया