मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिकाले नगर भित्रका ४ वटा कृषि समूहलाई ५० प्रतिशत अनुदानमा साना मेसिनरी औजार वितरण गरेको छ । बोलवम धान उत्पादन कलष्टर समन्वय समिति अन्तरगत नगरले ५ लाख बराबरको कृषि औजारका लागि अनुदान वितरण गरेको हो ।
वाणगंगा नगरपालिकाका आर्थिक विकास समितिका संयोजक सोमनाथ अर्यालले कृषि समूहलाई साना मेसिनरी औजार हस्तान्तरण गर्दै कृषि कर्म गर्ने किसानलाई व्यवसायिक तर्फ जोड दिनुभयो । उहाँले प्रविधीको उच्चतम प्रयोग गरेर कृषि लागत कम गर्दै उत्पादन बृद्धि गरेर किसानलाई व्यवसायिक बन्नुपर्ने बताउनुभयो ।
नगरले ओदारीमा हस्तान्तरण गरेको साना मेसीनरी औजार अन्तरगत पावर टिलर, रिपर, पम्पसेट लगाएतका सामग्री रहेका छन् । कुल १० लाख लागत मध्ये ५ लाख बराबरको नगरपालिकाको अनुदान र ५ लाख कृष् िसमूहको रहेको छ । अनुदान पाउनेमा वाणगंगा नगरपालिका वडा नम्बर ११ को नमुना कृषि समूह, वडा नम्बर ४ सिद्धार्थ महिला कृषक समूह, वडा नम्बर ५ को मनकामना आइपिएम कृषक समूह र वडा नम्बर ३ को हरियाली कृषक समूह रहेका छन् ।
धान उत्पादन बृद्धि गर्ने उद्देश्यले कृषक समूहलाई मेसीनरी औजार वितरण गरिएको वाणगंगा नगरपालिकाका कृषि शाखा प्रमुख लेष बहादुर केसीले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा सोमनाथ अर्यालको प्रमुख आतिथ्यता, विष्णु भट्टराईको अध्यक्षता, तथा दुर्गा गैरेको संचालनमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया