८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

सर्लाहीमा बेग्ला बेग्लै घटनामा चारजनाको मृत्यु



सर्लाही ।
बेग्ला–बेग्लै घटनामा चारजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खोलाले बगाएर दुई, पोखरीमा डुबेर एक र सवारी दुर्घटनामा परेर एकजनाको मृत्यु भएको हो।

आइतबार राति ९ बजेतिर ईश्वरपुर नगरपालिका–१३ श्रीनगरका ४५ वर्षीय रामचन्द्र महतोको खोलाले बगाएर मृत्यु भएको छ। रामचन्द्र र उनकी श्रीमती ४० वर्षीया रहन्ती देवीको जना महोतरीको कान्ती बजारबाट चटपटे बेचेर घर फर्किने क्रममा बाँके खोलाले बगाएको प्रहरीले जनाएको छ। रामचन्द्रको शव खोलाले बगाएको स्थानभन्दा करिव ५०० मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ। खोलाको बीचमा अड्किएकी रहन्ती देवीलाई भने प्रहरी र स्थानीय मिलेर सकुशल उद्धार गरेका छन्।

यस्तै, कौडेना गाउँपालिका–५, छपकैयामा आइतबार साढे ५ बजे घर छेउको पोखरीमा डुबेर पाँच वर्षीइा गुड्डी कुमारी रायकोे मृत्यु भएको हो। आइतबार दिउँसो पौने ३ जबे बलरा नगरपालिका–७ डुमरियामा भारतीय नम्बर बिआर ३० एच ०४३१ नम्बरको मोटरसाइकलको ठक्करबाट बाटोमा खेलिरहेका स्थानीय कल्याण मण्डलका आठ वर्षीय छोरा राजा मण्डलको मृत्यु भएको छ।

त्यसैगरी, गोडैता नगरपालिका–३, सीमरा भगवतीपुरमा नुहाउने क्रममा बगी खोलाले बगाएर सोही ठाउँकी १३ वर्षीया रिभा हजारीको मृत्यु भएको हो। उनलाई आइाबर बिहान साँढे १० बजेतिर खोलाले बगाएर बेपत्ता रिभाको प्रहरी र गाउँले मिलेर खोजी गर्ने क्रममा घटनास्थलबाट करिव ५०० मिटर दक्षिणमा शव फेला परेको प्रहरीले जनाएको छ। चारैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ।

प्रकाशित मिति : २१ असार २०७८ सोमबार ००:००  १२ : ३२ बजे