८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

महाराजगन्जको नीति तथा कार्यक्रममा सामाजिक विकासमा जोड



मायादेवी अनलाइन, चन्द्रौटा ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको नवौं नगर सभाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
डिजिटल प्रविधी मार्फत उद्घाटन गरिएको महाराजगन्जको नगर सभामा नगर प्रमुख अब्दुल कलामले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नीति तथा कार्यक्रममा कोभिड–१९ संक्रमणबाट मुक्त, किचड मुक्त, छप्पर मुक्त नगर, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, धार्मिक, साँस्कृतिको विकास संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको नगर प्रमुख कलामले बताउनुभयो ।

उहाँले केही गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिइको बताउनुभयो । नवौँ नगर सभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।

यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडी बढेको महाराजगन्जका प्रमुख प्रशासकीय अधिकृत बेद प्रसाद खरेलले जानकारी दिनु भयो । महाराजगन्जले आगामी असार २२ गते बजेट प्रस्तुत गर्ने जनाएको छ ।

प्रकाशित मिति : ११ असार २०७८ शुक्रबार ००:००  ६ : २५ बजे