सन्धिखर्क ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा ‘स्वस्थ सन्धिखर्क, सम्बृद्ध सन्धिखर्क बनाउने दिशातर्फ बढी केन्द्रित गरेको छ ।
कोभिड–१९ को महामारीबाट सम्पूर्ण विश्व जगत नै आक्रान्त भैरहेको परिवेशमा सन्धिखर्क नगरपालिकाले नीति तथा कार्यक्रम महामारीको रोकथाम, नियन्त्रण तथा उपचारमार्फत स्थानीय अर्थतन्त्र र सामाजिक जनजीवनमा यसले पार्ने प्रभाव न्यूनीकरण गर्ने तर्फ केन्द्रीत गरेको छ ।
संघीय सरकारसँगको समन्वयमा सन्धिखर्क नगरपालिकाका सम्पूर्ण नगरबासीलाई कोभिड-१९ बिरुद्धको खोप लगाउने कार्यको लागि आवश्यक बजेटको व्यवस्था गर्ने गरी नगर प्रमुख कमल प्रसाद भुसालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नगर प्रमुख भुसालले पेश गरेको नीति तथा कार्यक्रम सर्वसहमतिले पास गरेको छ । नगरबासीको सुविधाको लागि आवश्यकता र जोखिमका आधारमा नगरपालिकाबाट टोल टोलमा गर्दै आएको एन्टिजेन परीक्षण प्रत्येक स्वास्थ्य संस्थाबाट निशुल्क गर्ने व्यवस्था मिलाउने भएको छ ।
प्रतिक्रिया